परवानीपुर- वीरगंजको हरि खेतान बहुमुखी क्याम्पसको बसले ठक्कर दिँदा बाराका दुई युवकको ज्यान गएको छ । दुर्घटनाले परवानीपुर–बहुअरी गाउँ नै शोकाकुल भएको छ ।
मंसिर ३ गते अपराह्न साढे ४ बजेको समयमा क्याम्पसको प्रदेश ०२–०३–००१ क ३९१ नम्बरको बसले बारा, प्रसौनी गाउँपालिका नजिकै रहेको पतञ्जलि उद्योग नजिकै दुई युवक सवार ना ४१ प २८७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा बारा परवानीपुर–बहुअरीका सुरेशप्रसाद कुर्मीका २२ वर्षीय छोरा छविलाल पटेल र सोही स्थानका प्रेम पटेलका १८ वर्षीय छोरा मनीष पटेल रहेका छन ्।
प्रसौनी बजारबाट मोटरसाइकलमा घर फर्किँदै गरेका पटेलद्वयलाई वीरगंजबाट कलैयातर्फ गइरहेको उक्त बसले ठक्कर दिँदा दुवै जनाको छाती र टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते दुवैलाई तत्काल बहुअरीस्थित एल.एस. न्यूरो एण्ड जनरल हस्पिटलमा पु¥याइएको थियो ।
छविलालको मृत्यु दुर्घटना भएकै दिन अपराह्न सवा ५ बजे उपचारका क्रममा भएको थियो भने मनीषको मृत्यु बुधबार बिहान करिब ८ बजे सोही अस्पतालमा भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।दुर्घटनापछि बस र बस चालक बजरंग राउत कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । परिवारको आरोप, प्रशासनको खण्डनपीडित परिवारले बस चालकको लापरबाहीका कारण दुई युवकको ज्यान गएको र दुवै परिवारलाई अपूरणीय क्षति भएको बताएका छन् । घटनालगत्तै घाइतेको उपचारका लागि आवश्यक खर्च जुटाउन नसक्दा परिवार आक्रोशित भएका थिए। स्कुल प्रशासनले इन्स्योरेन्सको रकम आएपछि भुक्तानी गरिदिने आश्वासन दिँदै तत्कालका लागि गाउँबाट चन्दा संकलन गरेर उपचार गर्न भनेको पीडित परिवारको आरोप छ।त्यस्तै पीडित परिवारले अस्पतालका चिकित्सकहरूको लापरबाहीका कारण बिरामीको ज्यान गएको दाबी गरेका छन् ।
यता एल.एस. न्यूरो एण्ड जनरल हस्पिटल प्रशासनले भने परिवारको आरोपको खण्डन गर्दै बिरामीको ज्यान बचाउन उपचारमा कुनै कसर बाँकी नराखेको र चिकित्सकको तर्फबाट कुनै लापरबाही वा दोष नरहेको स्पष्ट पारेको छ । क्षतिपूर्तिमा सहमतिबारा प्रहरीका अनुसार क्याम्पस प्रशासनले उपचार खर्च, क्रिया खर्च र अन्य कानुन बमोजिमको क्षतिपूर्ति दिन सहमति भइसकेकोले परिवारजनले शव बुझेर दाहसंस्कार गरिसकेका छन्। तर दिनदहाडै जवान छोराहरू गुमाउँदा पीडित परिवारमाथि वज्रपात परेको छ । घटनापछि मृतकका आफन्त तथा स्थानीय बासिन्दाहरूले निष्पक्ष छानबिन र उचित क्षतिपूर्तिको माग गरेका छन् ।
kumar
पाठक प्रतिक्रिया
टिप्पणी गर्न Google खाताबाट लगइन गर्नुहोस्।
Google बाट लगइन गरेर टिप्पणी गर्नुहोस्अहिलेसम्म प्रकाशित टिप्पणी छैन।